Ads 468x60px

Wednesday, February 8, 2012

छोडि तिम्रो शहर अब, गए भन्दीनु

छोडि तिम्रो शहर अब, गए भन्दीनु
सम्झनाको पर्खाल नाधि, धेरै पर भए भन्दीनु

भेटने छैनौ अब फेरि, नकुर भो देउरालीमा
जाने बेला निर्दोष नयन, रोए भन्दीनु

 बिधाताको खेल भन्छन, जोडि बन्छ आकाशमा
तिमीले पुज्ने त्यही देउता, छोए भन्दीनु

चीरियको मुटु मेरो, आफै संग लगेको छु
नडराउ तिम्रो भागको, चोट पनी सहे भन्दीनु

छुटेको यो बाटो अलग, जोडिन्न भो कहि कतै
सफल तिम्रो यात्रा भए, मैले सबै पाए भन्दीनु