Ads 468x60px

Featured Posts

मेरा सबै गजलकारहरुमा,तपाई संग पनी मीठा गजलहरु छन् भने हामीलाई यो ईमेलमा पठाउन सक्नुहुन्छ sadrose123@gmail.com

Sunday, May 20, 2012

वर्तमान यो के हुदैछ जान्न सकेनौ तिम्ले

वर्तमान यो के हुदैछ जान्न सकेनौ तिम्ले।
स्थान कस्लाई कहाँ हो छान्न सकेनौ तिम्ले॥

नियम कानुन नभएरै डामाडोल भयो।
आफै गल्ती गर्यौ होला हान्न सकेनौ तिम्ले॥

निर्णय गर्छौ सत्य के हो थाहा छैन तिमिलाई।
कारघार भित्र दोषीलाई बान्न सकेनौ तिम्ले॥

रगत रातो सबैको रितिरिवाज बेग्ला बेग्लै।
ईज्जत मानव धर्मको धान्न सकेनौ तिम्ले॥

मुखले मात्र ठिक्क हात गोडा चलाउदैनौ।
भिरै बाट लड्दा पनी तान्न सकेनौ तिम्ले॥

कृष्ण पौड्याल बम्घा एक गुल्मी

Wednesday, May 16, 2012

प्रकृतीनै मान्छे ताक्छ, कास्की अभागी भो

प्रकृतीनै मान्छे ताक्छ, कास्की अभागी भो
धर्तिले नै दुख डाक्छ्, कास्की अभागी भो

अनायासै बाढी आउछ साठी को लास पार्छ
चैत्,बैशाखमै बढी लाग्छ, कास्की अभागी भो

आलो घाउमा रगत अझै छैन ओभाएको
मान्छे सहित जिपै जाक्छ, कास्की अभागी भो

कती प्यसि कस्तो तिर्खा हे धर्ती तेरो
प्लेनै खसाइ रगत माग्छ, कास्की अभागी भो

ठडो शिर माछापुछ्रे अझै झुकौदैन
फेवा हाँस्दै दुख ढाक्छ्, कास्की अभागी भो

नबिन नेपाल
सुडाल भक्तपुर

Monday, May 14, 2012

उकालो चढे पछी, तिम्रो घर आयो

उकालो चढे पछी, तिम्रो घर आयो
मेरो खुसि लुट्ने, त्यही सहर आयो

फेरिएछन् धेरै कुरा, म हिडेपछी
बदलीए छो तिमी पनी, यस्तै नजर आयो

कारण त धेरै खोज्यौ, मुक्त हुन म बाट
मेरो नाम पछि नमील्ने, यो थर आयो

सुनेका कुरा धेरै, झुठो भनी आफै संग
तिमीले पठाएको, साचो यो खबर आयो

आधी यात्रा संगसंगै, नमेटिने याद बने
बिधाताको लेखाई यस्तै, छुटिने डगर आयो

Saturday, May 5, 2012

तर्की हिड्यौ बाटो छेकी, पर्ख भनेनौ

तर्की हिड्यौ बाटो छेकी, पर्ख भनेनौ
जीन्दगी भर साथ दिन्छु, फर्क भनेनौ

माया हो कैलेकाहि, चल्दो रैछ घुर्की
माफ गर भनी माया, छर्क भनेनौ

आज फूल्न नपाउदै, झरेको त्यो फूल याद आयो

आज फूल्न नपाउदै, झरेको त्यो फूल याद आयो
तारे भिरको पहिरोमा, परेको त्यो फूल याद आयो

जोगाएर राख्न खोज्दा, बार लागाई फूलको वरिपरि
नियतीको आगोमा, डडेको त्यो फूल याद आयो

Friday, May 4, 2012

तिम्रो यादले पछ्याउछ, र त पीउन मन लाग्छ

तिम्रो यादले पछ्याउछ, र त पीउन मन लाग्छ
सम्झी त्यही पल मन डराउछ, र त पीउन मन लाग्छ

यादको त्यो खिल कस्तो, मुटु माझ गडेको यो
त्यसै अट्टाहस् भै दुखाउछ, र त पीउन मन लाग्छ

Tuesday, May 1, 2012

अलीकती माया मलाई, पालेको भे तीम्ले

अलीकती माया मलाई, पालेको भे तीम्ले
समय मै उग्र रिस, फालेको भे तीम्ले

पछि पछि लाग्दा मैले, सुन्दै हिड्यौ दुनीयाँलाई
आफ्नो मनलाई सुनी छिद्रा, टालेको भे तीम्ले